Information is intelligence
HomeInternationalनेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्ने

नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्ने

- Advertisement -spot_img

एजेन्सी । ब्राजिलियन स्ट्राइकर नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल खेल्न पाउने भएका छन् । नेयमारलाई युरोपेली फुटबल महासंघ (यूईएफए) ले कारबाही नगर्ने भएपछि उनी फाइनल खेल्ने भएका हुन् ।

यसअघि पीएसजी स्ट्राइकर नेयमारले लेइपाजिगसँगको सेमिफाइनल खेलमा कोरोना स्वास्थ्य नियम तथा प्रोटोकल उल्लंघन गरेको भन्दै कारबाहीको माग गरिएको थियो । तर, यूईएफएले भने उनलाई कारबाही नगर्ने जनाएको छ ।

सेमिफाइनल खेलपछि नेयमारले जर्मन क्लब लेइप्जिगका खेलाडीसँग जर्सी साटेका थिए ।  नियम उलंघन गरेको भन्दै उनको कारबाहीको माग गर्दै सामाजिक सञ्जालमा आवाज उठेको थियो ।
यूईएफएको कोरोना प्रोटोकलअनुसार कुनै पनि खेलाडीले जर्सी साटे वा खोले १ खेलको प्रतिबन्ध र १२ दिनसम्म क्वारेन्टिनसहितको कारबाही हुनेछ उल्लेख गरिएको थियो । तर यूईएफएले नेयमारलाई एकपटक चेतावनीसहित छाड्ने जनाएको छ । य्ूईएफएले कारबाही नगर्ने भएपछि नेयमारले फाइनल खेल खेल्न पक्का भएको हो ।

च्याम्पियन्स लिगको फाइनल खेलमा पीएसजीले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ । खेल पोर्चुगलको लिस्बानमा आइतबार राति हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु