Information is intelligence
HomeNews८३८ नयाँ संक्रमित थपिए, उपत्यकामा २०८ जना

८३८ नयाँ संक्रमित थपिए, उपत्यकामा २०८ जना

- Advertisement -spot_img

काठमाडाैं। पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका ८३८ नयाँ संक्रमित थपिएका छन्।काठमाडौं उपत्यकामा शुक्रबार थप २०८ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।उनका अनुसार काठमाडौं १८२, ललितपुरमा २५ र भक्तपुरमा १ संक्रमित थपिएका हुन्। गौतमका अनुसार काठमाडौं जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।

याे सँगै नेपालमा संक्रमित हुनेकाे संख्या ३० हजार ४८३ पुगेकाे छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु