Information is intelligence
HomeEntertainment & Artsसुशांत सिंह राजपूत केसः सीबीआई टोलीले मुम्बईमा छानबिन सुरु गर्यो

सुशांत सिंह राजपूत केसः सीबीआई टोलीले मुम्बईमा छानबिन सुरु गर्यो

- Advertisement -spot_img

फिल्म अभिनेता सुशांत सिंह राजपूतको मृत्युको छानबिन गर्न सीबीआई टोली मुम्बई पुगेको छ। समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार दिल्लीबाट मुम्बई पुगेका सीबीआई अधिकारीहरूले शुक्रबार बिहान सांताक्रुजमा बैठक गरे। यसकाे केहि समय पछि सीबीआई टोलीले एउटा अज्ञात व्यक्तिलाई कारमा लिएर उसलाई सोधपुछको लागि गेस्ट हाउस लग्यो।

सीबीआईको अर्को टोली बान्द्रा पुलिस स्टेशन पुग्यो र अनुसन्धान सम्बन्धी केही जानकारीहरू प्राप्त गर्‍यो। यो आशा गरिएको छ कि मुम्बई प्रहरीले आज यस केस सम्बन्धी सबै कागजातहरू सीबीआईलाई हस्तान्तरण गर्नेछ। सीबीआई टोली सुशांत सिंहको घर पनि जानेछ। सर्वोच्च अदालतले बुधवार सुशांत सिंहको मृत्युको अनुसन्धान गर्न  सीबीआईलाई स्वीकृति दिएकाे थियाे ।

बिबिसी इन्डियाबाट

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु