Information is intelligence
HomeInternationalभारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमितहरु निको भए

भारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमितहरु निको भए

- Advertisement -spot_img

नयाँदिल्ली, ५ भदौ (रासस-पिटिआई) : भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ ।

भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् । कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये अहिलेसम्म ५४ हजार ८७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला सङ्क्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ ।

भारतमा अहिले छ लाख ९२ हजार २६ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु