Information is intelligence
HomeInternationalसेभिया युरोपा लिग च्याम्पियन

सेभिया युरोपा लिग च्याम्पियन

- Advertisement -spot_img

एजेन्सी । स्पेनिस ला लिगा क्लब सेभिया युरोपा लिग च्याम्पियन बनेको छ । शुक्रबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै सेभिया युरोपा लिग च्याम्पियन बनेको हो ।

जर्मनीमा भएको फाइनल खेलको पहिलो हाफ २-२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा आत्मघाती गोल उपहार पाउँदै सेभिया च्याम्पियन बनेको हो ।

खेलमा अग्रता भने मिलानले लिएको थियो । पाँचौ मिनेटमा रोमेरु लुकाकुले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा सेभियाका लुक डि जोङले गोल गर्दै खेल बराबरीमा ल्याए । ३३ औं मिनेटमा डि जोङले नै व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ गोलको अग्रता दिलाए ।

३५ औं मिनेटमा डिएगो गोडिनले गोल गर्दै खेल पहिलो हाफमा २-२ को बराबरीमा सकियो । तर दोस्रो हाफको अन्त्य तिर सेभियाले आत्मघाती गोल उपहार पायो । खेलको ७४ औं मिनेटमा मिलानका लुकाकुले आत्मघाती गोल उपहार दिएपछी सेभियाले युरोपा लिगको उपाधी ३-२ गोलले जितेको हो ।

यससँगै सेभियाले छैटौं पटक युरिपा लिगको उपाधि जितेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु