Information is intelligence
HomeInternational२०१९/२०२० काे सिजनमा मेस्सी र राेनाल्डाेभन्दा लेवाण्डाेस्की अगाडि

२०१९/२०२० काे सिजनमा मेस्सी र राेनाल्डाेभन्दा लेवाण्डाेस्की अगाडि

- Advertisement -spot_img

जब जब  विश्वमा शीर्ष  फुटबल खेलाडीको कुरा आउँदछ, बार्सिलोनाका लियोनेल मेसी र युवेन्ट्सका क्रिस्टियानो रोनाल्डो काे नाम अगाडि आउने गर्दछ ।बिगतका वर्षहरूमा उनीहरूकाे व्यक्तिगत आँकडाले पनि याे तथ्यलाई न्याय दिने गर्दथ्याे।

तर, यस पटक राेबर्ट लेवान्डोव्स्की जाे पाेल्याण्ड र बायर्न म्युनिखका लागि खेल्ने गर्दछन् , उनले  लियाेनल मेस्सी र क्रिष्टयानाे रोनाल्डोलाई  गाेलमा पछाडि पारेका छन्। यो सिजनमा पोलिस खेलडी लेवान्डोव्स्कीले ५६ खेलमा ६१ गोल गर्दै  बायर्न म्युनिखलाई बुन्डेस्लिगा मात्र नभएर, जर्मन कपका साथै च्यम्पिअन्स लिगको फाईनलमा समेत पुर्याएका छन।

लेवाण्डाेस्कीकाे तुलनामा याे सिजन लियाेनल मेस्सी र क्रिष्टयानाे राेनाल्डाे भने निकै पछाडि देखिएका छन् । राेनाल्डाेले याे सिजन जम्मा ५४ खेल खेल्दै ४८ गाेल गरेका छन् भने मेस्सीले आफ्नाे टीमकाे लागि ४५ खेल खेल्दै ३३ गाेल गरेका छन् ।

लेवाण्डाेस्कीले याे सिजन जर्मन बुण्डेस लिगामा मात्र ३४ गाेल गरेका छन् भने लि-याेनल मेस्सीले स्पेनिस लिगामा गाेल गरेका छन् । त्यस्तै राेनाल्डाेले इटालियन सिरि एमा युभेन्ट्सकाे लागि ३१  गाेल गरेका छन् ।

च्याम्पियन्स लिगमा याे सिजन मेस्सीले ३ गाेल गरेका छन् । त्यस्तै राेनाल्डाेले ४ गाेल गरेका छन्। यता आफ्नाे टीमलाई च्याम्पियन्स लिगकाे फाइनलसम्म पुर्याएका लेवाण्डाेस्कीले हालसम्म १५ गाेल गरिसकेका छन्।

लेवाण्डाेस्की च्याम्पियन लिगकाे  अल टाइम गाेल स्काेररमा चाैथाे नम्बरमा उक्लिएका छन् ।

उनिलाई च्याम्पियन्स लिगकाे एकै सिजनमा सबैभन्दा बढी गाेल गर्ने माैकासमेत रहेकाे छ । च्याम्पियन्स लिगकाे इतिहासमा एकै सिजन सबैभन्दा बढी गाेल गर्ने खेलाडी क्रिष्टयानाे राेनाल्डाे हुन्। उनले २०१५ /२०१६ काे सिजनमा १६ गाेल गरेका थिए। याे सिजन लेवाण्डाेस्कीले १५ गाेल गरिसकेका छन् । अब फाइनलमा १ गाेल गरेभने उनी इतिहासमै एकै सिजन सबैभन्दा धेरै गाेल गर्ने खेलाडि बन्ने छन्।

ट्रिबलकाे मामलामा राेनाल्डाे लेवाण्डाेस्कीभन्दा पछि

एकै सिजन ३ ट्रफि जित्ने मामलामा लेवाण्डाेस्किले राेनाल्डाेलाई पछि छाेडेका छन्। बायर्न म्युनिखले २०१२–१३ मा तीन उपाधि जितेकाे थियाे। पछिल्लो समय २०१४/१५ मा बार्सिलोनाले ट्रिबल उपाधि जितेकाे थियाे। समग्रमा ७ टाेलीहरूले ट्रिबल जितेका छन्।, जसमा बार्सिलोनाले यो कारनामा २ पटक गर्‍यो। रोनाल्डो यस विषयमा खाली हात रहेका छन्।

यस पटक बायरन म्युनिकले बुन्डेस्लिगा र जर्मन कप जित्यो, अब च्याम्पियन्स लिग फाइनलमा पनि टोलीको नेतृत्व गर्दै छ।

  • पोल्याण्डका रोबर्ट लेवन्डोव्स्कीले यस सिजनमा 56 खेलमा सर्वाधिक 61 गोल ​​बनाए, बुन्डेस्लिगामा ३४ गोल गरे,
  • लेवान्डोव्स्कीले च्याम्पियन्स लिगको यस सिजनमा  खेलमा सर्वाधिक १५  गोल गरे
  • यूईएफए च्याम्पियन्स लिग फाइनल बायर्न म्यूनिख र पीएसजी बीच २  अगस्टमा

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु