Information is intelligence
HomePoliticsदलदलमा फसेर गैंडा मर्याे

दलदलमा फसेर गैंडा मर्याे

- Advertisement -spot_img

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदी छेउको घोलको दलदलमा फसेर एउटा गैंडा मरेको छ । राप्तीको जोतुवा घाट नजिकै राप्तीदुन सामुदायीक वनको घोलको दलदलमा फसेर आज एउटा गैंडा मृत अबस्थामा फेला परेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वरालका अनुसार अन्दाजी ७ वर्षको पोथी गैंडा मृत अबस्थामा फेला परेको हो । चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेको यो दोस्रो गैंडा हो । यसअघि राप्ती नदीमा नै एउटा गैंडा मृत अबस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा निकुञ्ज क्षेत्रमा २६ गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु