Information is intelligence
HomePoliticsउपचारका लागि काठमाडौं लैजाँँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

उपचारका लागि काठमाडौं लैजाँँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

- Advertisement -spot_img

झापा,  कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको हिजाे अस्पताल दौडाउँदा दौडाउँदै झापामा मृत्यु भएको हो ।

आज दिउँसो घरमै हृदयाघात भएपछि वडाध्यक्ष यादवलाई उपचारका लागि झापाको बीएण्डसी हस्पिटल ल्याइएको थियो । एन्जीओग्राफी गर्न राजधानीको गङ्गालाल हृदयरोग केन्द्र लैजान बीएण्डसीले सिफारिस गरेपछि काठमाडौं लैजाँदै गर्दा बाटैमा नै उहाँको मृत्यु भएको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले जानकारी दिए ।

हृदयाघातका कारण गम्भीर अवस्थामा वडाध्यक्ष यादवलाई सुरुमा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको बताइएको छ । तर कोभिड— १९ का विरामीको चापका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर खाली नभएको जानकारी पाएपछि एम्बुलेन्समा राखेर उनलाई झापा ल्याइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु