Information is intelligence
HomeInternationalसन्दीप लामिछाने आवद्द टीम पराजित , सन्दीपको उत्कृष्ट प्रदर्शन छायामा :...

सन्दीप लामिछाने आवद्द टीम पराजित , सन्दीपको उत्कृष्ट प्रदर्शन छायामा : सिपिएल २०२०

- Advertisement -spot_img

करेबियन प्रिमियर लिग ( सिपिएल ) टि-२० अन्तर्गत सन्दिपले आफ्नो शानदार लयलाई जारि राख्ने क्रममा तेश्रो खेलमा गायना बिरुद्ध अझ राम्रो बलिंग गरेका छन्। सन्दिपले विदेशी टि-२० लिग करियरकै दोश्रो सबैभन्दा किफायती बलिंग गर्नुको साथै २ विकेट समेत खेलमा लिएका हुन्।

४ ओभरमा सन्दिपले मात्र ८ रन खर्चेर २ विकेट लिए जुन क्रममा गायना कप्तान क्रिस ग्रिन र शर्फेन रुथरफोर्डको विकेट पनि लिए।

विदेशी टि-२० लिगमा सन्दिपले पुरै ४ ओभर बलिंग गर्दा यो सबैभन्दा उत्कृस्ट बलिंग स्पेल हो। यस अघि सन्दिपले २०१८ को सिपिएल टि-२० मा गायना बिरुद्धनै ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए।

खेलमा टस जमैकाले टस जितेर फिल्डिंग रोजेपछि ब्याटिंग गरेको गायना अमेजन वारियर्सले १९.१ ओभरमा सबै विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो। जमैकाको बलिंगमा मुजिब उर् रहमानले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछाने र कार्लोस ब्राथवेटले समान २/२ विकेट लिए। गायना ब्याटिंगमा ओपनर ब्रेन्डन किंगले सर्वाधिक २९ रन, चन्द्रपौल हेमराज र रस टेलरले समान २१ रन तथा नभिन उल हकले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस्तो रह्यो सन्दिपको बलिंग प्रदर्शन, बन्यो नयाँ रेकर्ड
सिपिएल टि-२० मा सन्दिपले आफ्नो शानदार लयलाई जारि राख्ने क्रममा तेश्रो खेलमा गायना बिरुद्ध अझ राम्रो बलिंग गरे। उनले विदेशी टि-२० लिग करियरमै पुरा ओभर बलिंग गर्दा सबैभन्दा किफायती बलिंग गर्नुको साथै २ विकेट समेत खेलमा लिएका हुन्।

४ ओभरमा सन्दिपले मात्र ८ रन खर्चेर २ विकेट लिए जुन क्रममा गायना कप्तान क्रिस ग्रिन र शर्फेन रुथरफोर्डको विकेट पनि लिए।

विदेशी टि-२० लिगमा सन्दिपले पुरै ४ ओभर बलिंग गर्दा यो सबैभन्दा किफायती बलिंग स्पेल हो। यस अघि सन्दिपले २०१९ को पाकिस्तान सुपर लिगमा क्वेटा ग्ल्याडीएटरस बिरुद्ध ४ ओभरमा १० रन खर्चेर २ विकेट लिएका थिए। २०१८ को सिपिएल टि-२० मा गायना बिरुद्धनै ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए।

सन्दिपको पहिलो ओभर :- २ रन ( १ , ० , १ , ० , ० , ० )

गायनाले लगातार विकेट गुमाएको अवस्थामा नवौं ओभरमा बलिंग गर्न आएका सन्दिपले पहिलो ओभरमा रस टेलर र शर्फेन रुथरफोर्डलाई दबाबमा राख्ने क्रममा मात्र २ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरे।

सन्दिपको दोश्रो ओभर :- १ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , ० )

लगत्तै स्पेलमा ११ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले दोश्रो बलमा शरफेन रुथरफोर्डको विकेट लय। खराब बल भएता पनि रुथरफोर्डले टाढा जाँदै गरेको बललाई जोडले हिर्काउन खोज्दा सर्ट थर्डम्यानमा समातिन पुगेका थिए। ओभरमा सन्दिपले मात्र १ रन खर्चेर १ विकेट लिए। पहिलो बलमा रस टेलरले १ रन लिए पछिको ५ बलमा सन्दिपले रननै खर्चेनन्।

सन्दिपको तेश्रो ओभर :- ३ रन ( ० , ० , १ , २ , ० , ० )

लगातार तेश्रो ओभर उत्कृस्ट बलिंग गर्ने क्रममा सन्दिपले मात्र ३ रन खर्चिए। ओभरमा उनले ४ वटा डट बल गरेर रस टेलर र किमो पौललाई खुलेर खेल्न दिएनन्।

सन्दिपको चौथो ओभर :- २ रन दिएर १ विकेट ( ० , ० , १ , विकेट , ० , वाइड , ० )

लगातार स्पेलमा बलिंग गर्ने क्रममा १५ औं ओभरमा सन्दिपले झनै उत्कृस्ट बलिंग गरे। ओभरमा मात्र २ रन खर्चेर १ विकेट समेत उनले लिए। गायना कप्तान क्रिस ग्रिनलाई ओभरको चौथो बलमा उनले खुट्टा पछाडीबाट बोल्ड गरे। ओभरमा सन्दिपले एउटा वाइड बल गरे भने रस टेलरले तेश्रो बलमा १ रन लिनु बाहेक सबै बलमा रन दिएनन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु