Information is intelligence
HomeHealthअपाङ्ग आश्रमलाई सहयोग

अपाङ्ग आश्रमलाई सहयोग

- Advertisement -spot_img

वोधिसत्व विहारले तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीस्थित रहेको अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । गन्तव्य नेपालको सहकार्यमा विहारले २५ अपाङ्ग बालबालिकालाई आश्रय दिएको इप्सा नेपाललाई नगदसहित खाद्य सामग्री सहयोग गरेको हो ।

बोधिसत्व विहार मानव सेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । सो विहारले अपाङ्ग आश्रममा नगद रु ५० हजार, २५० किलोग्राम चामल, ३० किलोग्राम दाल, ३० किलोग्राम गेडागुडी, १० किलोग्राम चिनी, दुई किलोग्राम मसलालगायतका सामग्री सहयोग गरेको छ।

कार्यक्रममा विहारका सुप्रिम मास्टर हेगुवाङ शीले लकडाउन पूर्ण रूपमा अन्त्य नहुन्जेल संस्थामा आश्रय लिइरहेका सबैको खानपिनको सम्पूर्ण जिम्मा आफूले लिनेसमेत बताएका छन्। गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारी अबिरलले अपाङ्ग आश्रममा शौचालय र वाथरुमको असुविधा रहेकाले त्यसको निर्माणका लागि आफूले तत्काल सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
विहारले बन्दाबन्दीको समयमा हालसम्म नेपालका विभिन्न भागमा पुगेर चार लाखभन्दा बढी व्यक्तिलाई खाना खुवाइसकेको विहार लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्माले बताए। यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

गन्तव्य नेपालका प्रबन्ध निर्देशक सुमित्रा अधिकारीले विभिन्न सङ्घ संस्थाको सहयोगमा गन्तव्य नेपालले पत्रकारलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), प्रेस ज्याकेटलगायतका सामाग्री वितरण गरेको ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु