Information is intelligence
HomeSportsमेसी र राेनाल्डाेभन्दा एम्बापे अगाडी

मेसी र राेनाल्डाेभन्दा एम्बापे अगाडी

- Advertisement -spot_img

फ्रान्सका केलियन एम्बापे याे वर्ष २० डिसेम्बरका दिन २२ वर्षका हुनेछन् । एम्बापेकाे उमेर हामी याे कारण बताउँदै छाैँ कि उनले याे उमेरमा नै जे गरेका छन् त्यही काम अर्जेन्टीनाका ३३ वर्षीय लियाेनल मेस्सि र पाेर्चुगलका ३५ वर्षीय क्रिष्टयानाे राेनाल्डाेले समेत गर्न सकेका छैनन् । याे रेकर्ड  फिफा वर्ल्ड कप काे उपाधिकाे लागि हाे । पेरिस सेन्ट जर्मनका स्टाइगर केलियन एम्बापे आज बायर्न म्युनिखका विरूद्ध युइएफए च्याम्पियन्स लिगकाे फाइनलमा खेल्न उत्रिँदै छन् ।

सन् २०१५ मा प्राेफेसनल फुटबलरकाे करियरकाे सुरू गरेका एम्बापेले २०१८ मा आफ्नाे देशकाे लागि फिफा वर्ल्ड कप जिताएका थिए । २०१८ काे फिफा वर्ल्ड कप फाइनलमा क्राेसियालाई ४-२ ले पराजित गर्दा एम्बापेले १ गाेल गरेका थिए । उनी ब्राजिलका पूर्व खेलाडी पेलेभन्दा पछाडी वर्ल्ड कप फुटबलमा सबैभन्दा कम उमेरमा गाेल गर्ने खेलाडी पनि बन्न सफल भए ।

एम्बापेकाे अगाडी पहिलाे च्याम्पियन्स लिग उपाधिकाे माैका

२००५ मा आफ्नाे करियर सुरू गरेका मेसि र २००२ मा करियर सुरू गरेका राेनाल्डाेले आफनाे टीमलाई धेरैपल्ट घरेलु तथा च्याम्पियन्स लिगकाे उपाधि जिताएका छन् । तर वर्ल्ड कपकाे उपाधि भने जिताउन सकेका छैनन् ।

यदि एम्बापेले याे पटक च्याम्पियन्स लिगकाे उपाधि जिताउन सके भने उनी राेनाल्डाे र मेसीभन्दा धेरै अगाडी पुग्ने छन् ।

एम्बापे पछिल्लाे ४ सिजन देखि फ्रान्सकाे घरेलु लिग खेलिरहेका छन् । २०१७ मा माेनाकाेले लिग जितेकाे थियाे । त्यसपछि लगातार ३ वर्ष पिएसजीबाट च्याम्पियन बनेका छन् । एम्बापेले पिएसजीलाई फ्रेन्च कप र लिग कप जिताइसकेका छन्। तर अहिलेसम्म च्याम्पियन्स लिगकाे उपाधि भने जिताउन सकेका छैनन्।

मेस्सीकाे ३४ ट्रफी

मेसीले बार्सिलाेनालाई ३४ टाइटल जिताएका छन् । उनले बार्सिलाेनाका लागि १० ला लिगा र ४ ओटा च्याम्पियन्स लिगसमेत गरेर ३४ ट्रफी जिताएका छन् । उनी सम्मिलित बार्सिलाेनाले २ चाेटी ट्रेबल रेकर्ड कायम हासिल गरेकाे छ । एकै सिजनमा दुइ घरेलु र च्याम्पियन्स लिग जितेकाे अवस्थामा ट्रेबल मानिन्छ ।

राेनाल्डाेकाे  २७ ट्रफी

पाेर्चुगल स्टार राेनाल्डाेले आफ्नाे टीमकाे लागि २७ ट्रफी जिताएका छन् । उनले स्पेनिस टीम रियल म्याड्रिड का लागि खेल्दा १५ वटा , इङ्गिलस क्लब म्यान्चेस्टर युनाइटेडका लागि २ र इटालियन क्लब युभेन्ट्सका लागि २ ट्रफी जिताएका छन् ।

वर्ल्ड कप २०१८ मा एम्बापे सफल

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु