Information is intelligence
HomeHealthस्वास्थ्यकर्मीलाई झिकाइयो प्रादेशिक अस्पताल

स्वास्थ्यकर्मीलाई झिकाइयो प्रादेशिक अस्पताल

- Advertisement -spot_img

धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड­-१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ ।

उहाँले  भन्नुभयो, “घटना सन्दर्भमा सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ, सो बारेमा सत्यतथ्य छानबिन गरी थप विवरण २४ घण्टाभित्र सार्वजनिक गरिनेछ ।” रिक्त स्वास्थ्यकर्मी टोलीका ठाउँमा नयाँ टोली आजै पठाइने जनाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु