Information is intelligence
HomeEconomyसमता लघुवित्तको २६.३२% लाभांश घोषणा, बोनस र नगद कति ?

समता लघुवित्तको २६.३२% लाभांश घोषणा, बोनस र नगद कति ?

- Advertisement -spot_img

समता लघुवित्त वित्तीय संस्थाले २६.३२% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २०% बोनस र ६.३२% नगद गरी कुल २६.३२% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले २ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।१ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद बाँड्नेछ ।

सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने समताले जनाएको छ । अघिल्लो वर्ष समताले ५% बोनस सेयर र ५.५३% नगद लाभांश दिएको थियो । हाल समता लघुवित्तको चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार रुपैयाँ छ । अहिले घोषणा गरेको बोनस सेयरपछि भने पुँजी २२ करोड ९३ लाख ३९ हजार ३६० रुपैयाँ पुग्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु