Information is intelligence
HomeEconomyअर्थमन्त्रीबाट डा. खतिवडा हट्ने

अर्थमन्त्रीबाट डा. खतिवडा हट्ने

- Advertisement -spot_img

काठमाण्डौ । करिब अढाई वर्षको कार्यकालमा सर्वाधिक चर्चा र विवादमा परेका अर्थमन्त्री डा. युवराज खतिवडा सरकारबाट विदा हुने लगभग निश्चित भएको छ।

डा. खतिवडाको राष्ट्रियसभा सदस्य पद भदौ तेश्रो सातादेखि जाँदैछ । उनको राष्ट्रियसभा सदस्यको रुपमा पदावधि नथपिएपछि स्वतः मन्त्री पदबाट विदा लिनुपर्नेछ ।

उनी र उनका निकटस्थहरुले यो पटक पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यको रुपमा निरन्तरता दिने आशा थियो । तर, डा. खतिवडाको पछिल्ला कामबाट प्रम ओली समेत सन्तुष्ट देखिँदैनन्। डा. खतिवडाकै कारण पार्टीभित्रको सन्तुलन समेत बिग्रिएको, पार्टीको छवि धूमिल भएपछि ओली समेत डा. खतिवडालाई विदा गर्ने पक्षमा देखिन्छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु