Information is intelligence
HomeHealthबर्राचौरमा सुविधा सम्पन्न अस्पताल

बर्राचौरमा सुविधा सम्पन्न अस्पताल

- Advertisement -spot_img

पर्वत, ७ भदौ (रासस) : बिहादी गाउँपालिका वडा नं. २ बर्राचौरमा १५ श्ययाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ  । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र यस किसिमको अस्पताल रहेको थियो ।

बिहादी– २ का  वडाध्यक्ष ओमप्रकाश कुँवरले रु.१९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरुआत  भएको जानकारी दिनुभयो । यसका लागि बोलपत्र आव्हान  गर्ने प्रक्रियामा रहेको छ । सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतबासी सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा तथा बुटवल लगायतक ठाउँमा जान बाध्य थिए । उहाँले अस्पतालमा सबै सेवा रहने जानकारी दिनुभयो ।  उक्त क्षेत्र अहिलेपनि स्वास्थ्य चौकिको भरमा रहेको छ ।

अस्पताल बनाउनका लागि स्थानीय आठ जनाले निःशुल्क जग्गा दान गरेका छन् । उनीहरुमा डोलेन्द्र गिरी, भुपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, शुसिला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराईले रहेका छन्।

सामाजिक सेवा गर्नु ठूलो कुरा भएको र  आत्मसन्तुष्टिका लागि जग्गा दिएको जग्गा दाता डोलेन्द्रले बताउनुभयो ।  उहाँले  ४० लाख रुपैयाँ मुल्य बराबरको पाँच रोपनी जग्गा दान दिनुभएको थियो ।
बर्राचौर स्वास्थ्य चौकिका प्रमुख भुपेन्द्रनाथ पौडेलले ग्रामीण ठाँउमा १५ श्ययाको विशेषज्ञ सेवा सहितको अस्पताल बन्नु खुशिको कुरा भएको जनाउँदै बिरामी पाल्पा र पोखरा लगायतका ठाउँमा धाउनु पर्ने बाध्यता अन्त्य हुने बताउनुभयो।

अस्पताल निर्माणपछि बिहादी र पैँयू गाउँपालिका सहित फलेवास नगरपालिकाका स्थानीय लाभान्वित हुनेछन् । साथै छिमेकी जिल्ला बाग्लुङको जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयले समेत लाभ लिने जनाइएको छ।

बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालले  विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण हुनु गौरवको कुरा भएको जनाउनुभयो। सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि पाल्पा, बुटवल, पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने  उहाँले  विश्वास व्यक्त गर्नुभयो । “मानिसहरु स्वास्थ्य सेवाको अभावकै कारण बसाइसराइ गर्ने क्रम बढ्दो छ ।  अस्पताल बनेपछि यो क्रम केही रोकिनेछ ”, उहाँले भन्नुभयो । दुईवर्षभित्र अस्पतालको निर्माण पुरा गर्न गाउँपालिकाले सहजीकरण गर्ने  छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु