Information is intelligence
HomeNewsपहिरामा पुरिएका छ जना अझै बेपत्ता

पहिरामा पुरिएका छ जना अझै बेपत्ता

- Advertisement -spot_img

दश दिनअघि जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरामा बेपत्ता भएकामध्ये आज थप एकको शव फेला परेको छ । आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

आज ७२ वर्षीया महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको काफ्लेले जानकारी दिए। यससँगै पहिरामा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ । छ जना अझै बेपत्ता छन् ।

हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७ महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् । बेपत्ताको सशस्त्र प्रहरीका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्वमा खोजी कार्य जारी रहेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु