Information is intelligence
HomeNewsकास्कीमा अझै ५ दिन निषेधाज्ञा

कास्कीमा अझै ५ दिन निषेधाज्ञा

- Advertisement -spot_img

कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा यही भदौ १२ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए।

पोखरा महानगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको बैठकले हालको बन्दाबन्दीलाई ५ दिन लम्ब्याउँदा उचित हुने निष्कर्षसहित सिसिएमसीमा सिफारिस गरेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यान दिँदै यही भदौ २ गते बसेको जिल्ला सिसिएमसीको बैठकले यही ७ गते मध्यरातसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सोको समयावधी आज राति सकिँदै छ ।

ढकालका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गतेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी भएपछि खाद्यान्न, तरकारी, फलफूल र औषधि पसलबाहेक अरु सबै पसल बन्द छन् । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी भने गुडिरहेका छन् । प्रहरीले सर्वसाधारणलाई हिँडाइमा कडाइ गरेको छ । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णय भएको भएको छ ।

पोखरामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २६४ पुगेको छ । सङ्क्रमितमध्ये १५१ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशभर सात जनाको मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु