Information is intelligence
HomeBusinessउपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय

उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय

- Advertisement -spot_img

काठमाडौँ । उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिए ।

सिडिओ दाहालले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’

बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो ।

उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म  निषेधाज्ञा जारी गरिएको छ । गत  मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा समितिको संयुक्त बैठकले

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु