Information is intelligence
HomePoliticsविरामी भर्ना अघि मन्त्रालयको सिफारिस अनिवार्य निर्णय, ‘विवेकहीन’ : गगन थापा

विरामी भर्ना अघि मन्त्रालयको सिफारिस अनिवार्य निर्णय, ‘विवेकहीन’ : गगन थापा

- Advertisement -spot_img

सरकारले कोरोना भाइरस (कोभिड–१९) का संक्रमितलाई अस्पताल भर्ना गर्न लिएको नीतिप्रति पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आपत्ति जनाएका छन्।

थापाले ट्वीट मार्फत सरकाले गरेको सो निर्णय विवेकहीन र अव्यवहारिक भएको आरोप लगाएका छन्।

उनले ट्वीटमा लेखेका छन्– विरामी भर्ना गर्नु पूर्व अस्पताल वा बिरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहीन र अव्यवहारिक कुराको कल्पना पनि सकिन्न।’

त्यसैगरी, सो निर्देशनको के अर्थ हो भनी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रश्न समेत गरेका छन्।

सरकारले गरेको सो निर्णयको सर्वत्र आलोचना भइरहेको छ।

लेखिएको भन्दा फरक आशय हो भने के भन्न खोजेको हो प्रष्ट बुझ्ने गरी भन्नको आग्रह समेत गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु