Information is intelligence
HomeInternationalनेइमार रुआउदै बायर्न च्याम्पियन

नेइमार रुआउदै बायर्न च्याम्पियन

- Advertisement -spot_img

पोर्चुगल : जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । गएराति भएको खेलमा  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) लाई पराजित गर्दै छैटौं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको हो ।

पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलमा बायर्नले पिएसजीमाथि १–० को कठिन जित हात पारेको हो । निकै रोमाञ्चक बनेको खेलमा किंग्सले कोमनले ५९औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो ।

सुरुवाती अवस्थामा पाएका केही अवसरहरुलाई दुवै टोलीले गोलमा परिणत गर्न सकेनन् । खेलको १८औं मिनेटमा नेयमारका दुई प्रहारलाई बायर्नका गोलरक्षक म्यानुयल नोएरले बिफल पारे । केलियन एम्वाप्पेको पासमा नेयमारले गरेको पहिलो प्रहारलाई नोएरले रोकेका थिए त्यसकै रिबाउन्ड बलमा नेयमारले गरेको दोस्रो प्रयासलाई पनि नोएरले बिफल पारेका थिए ।

२२औं मिनेटमा बायर्न पनि अग्रता लिनबाट चुक्यो । रोवर्ट लेवान्डोस्कीले प्रहार  गरेको बल पिएसजीका गोल रक्षक केलर नाभास बिट भएता पनि पोलमा लागेर फर्किएको थियो ।
३१औं मिनेटमा लेवान्डोस्कीको शक्तिशाली हेडरलाई नाभासले दोस्रो प्रयासमा बचाउ गरे । पहिलो हाफको अन्तिम समयमा केलियन एम्बाप्पेले पाएको सुनौलो अवसरलाई सदुपयोग गर्न सकेनन् । अनमार्क रहेका एम्पाप्पेको प्रहार सिधै नोएरको हातमा पुगेको थियो ।

खेलको ५९औं मिनेटमा जोसुवा किमिचको क्रस बललाई हेडमार्फत गोलमा परिणत गर्दै कोमनले बायर्नलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टिमबाट गोल हुनुनसक्दा बायर्न छैटौं पटक लिग च्याम्पियन बन्यो ।

पहिलो पटक च्याम्पियन्स लिगको उपाधि हात पार्ने दाउमा रहेको पिएसजी निराश बन्यो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु