Information is intelligence
HomeEconomyसुनको मूल्य घट्ने क्रम जारी

सुनको मूल्य घट्ने क्रम जारी

- Advertisement -spot_img

काठमाडौं- सुनको मूल्य आज (सोमबार) फेरि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि हिजो तोलामा ४०० रुपैयाँ घटेर ९८ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँ घटेर ९७ हजार ४०० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेर एक हजार ३२० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु