Information is intelligence
HomeSportsपियानेचलाई कोरोना संक्रमण

पियानेचलाई कोरोना संक्रमण

- Advertisement -spot_img

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । बार्सिलोनाले आफ्नो अफिसियल साइटमा पियानेचलाई कोरोना संक्रमण देखिएको बताएको छ ।

स्पेनिस क्लबका मिडफिल्डर पियानेचलाई शनिबार कोरोनाको पुष्टि भएको बार्सिलोनाले बताएको छ । बार्सिलोनले आफ्नो अफिसियल साइटमा भने आइतबार राति कोरोना पुष्टि भएको बताएको थियो ।

३० वर्षीय खेलाडी पियानेच यो सिजन मात्र इटालियन क्लब युभेन्ट्सबाट बार्सिलोनामा आएका हुन् । बार्सिलोनाले आफ्ना स्टार खेलाडी अर्थरलाई युभेन्ट्मा दिएर पियानेचलाई बार्सिलोना ल्याएको हो ।

“पियानेचलाई पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको छ । उनको स्वास्थ्य ठीक र घरमै आइसोलेसनमा बसेका छन्,” बार्सिलोनाको अफिसियल साइटमा लेखिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु