Information is intelligence
HomeEconomyरिलायन्स लाइफ इन्सुरेन्सकाे शेयर भर्ने आज अन्तिम दिन

रिलायन्स लाइफ इन्सुरेन्सकाे शेयर भर्ने आज अन्तिम दिन

- Advertisement -spot_img

रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन भर्ने आज सोमबार भदौ ८ गते अन्तिम दिन हो । यस आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको छ । हालसम्म २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको आवेदन परको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ४ बजेसम्ममा ५ लाख ३ हजार ८०२ जनाले २ करोड ४ लाख १४ हजार १९० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको ५६ लाख ७० हजार कित्ताको लागि मागभन्दा ३.६० गुणा धेरै हो ।

रिलायन्सले भदौ ४ गतेबाट १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । रिलायन्सले बिक्रीमा ल्याएको कुल ६३ लाख कित्ता आइपीओमध्ये ५% अर्थात ३ लाख १५ हजार सामूहिक लगानी कोषलाई र समान ५% अर्थात ३ लाख १५ कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । रिलायन्सको आइपीओलाई इक्रा नेपालले बीबी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था औषत रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको भन्ने पनि जनाउँछ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ । लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु