Information is intelligence
HomeInternationalकाेराेनाकाे लडाइँमा अनाैठाे प्रयाेगः कन्सर्टकाे आयाेजना गरि पन्ध्रसय अडियन्समा अनुसन्धान

काेराेनाकाे लडाइँमा अनाैठाे प्रयाेगः कन्सर्टकाे आयाेजना गरि पन्ध्रसय अडियन्समा अनुसन्धान

- Advertisement -spot_img

जर्मनीकाे लिपजिग स्टेडियममा मानिसहरूकाे भीडमा काेराेना भाइरस कसरी फैलिन्छ भनेर अनुसन्धान गर्नका लागि एउटा म्युजिकल कन्सर्टकाे आयाेजना गरियाे । जसमा जर्मनीका गायक टीम बेन्जले प्रस्तुति दिएकाे थियाे । साे कन्सर्टकाे नाम रिस्टार्ट १९ राखिएकाे थियाे ।

जर्मनीकाे युनिभर्सिटी अफ हस्पितटल हेलद्वारा आयाेजित कन्सर्टमा प्रवेश गर्ने प्रत्येक स्वयमसेवककाे तापक्रम परीक्षण गरिएकाे थियाे । त्यस्तै ४८ घण्टाकाे बीचमा उनीहरूकाे काेराेना टेष्ट पनि गरिएकाे थियाे । जहाँ काेराेना रिपाेर्ट नेगेटिभ आएमा मात्र कन्सर्टमा प्रवेश गर्न पाइन्थ्याे ।

तीन चरणमा आयाेजना गरिएकाे कन्सर्टमा ४००० जनाले सहभागिता जनाएका थिए । पहिलाे चरणमा अलिकति पनि सामाजिक दूरी कायम गरिएकाे थिएन ।दाेश्राे चरणमा केही दूरी कायम गरिएकाे थियाे । त्यस्तै तेश्राे चरणमा भने आवश्यक सामाजिक दूरी कायम गरिएकाे थियाे ।

युनिभर्सिटीका अनुसार याे अनुसन्धानकाे रिपाेर्ट ६ देखि ७ हप्तापछि अाउने छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु