Information is intelligence
HomeNewsसङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न आग्रह

सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न आग्रह

- Advertisement -spot_img

पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा एकले अर्कालाई  सहयोग गर्नुपर्ने बताउँदै मानवीयताको भावनाका साथ सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग अरुका लागि पनि आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाबाट सङ्क्रमित हुने र निको हुनेक्रम निरन्तर चलिरहेको भन्दै उहाँले यसका नाममा टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख गर्नुभयो । विश्वमा ठूलो पदधारण गरेका व्यक्ति पनि सङ्क्रमित भई निको भएर घर फर्केको उल्लेख गर्दै उहाँले यसले ठूलो वा सानो केही नभन्ने हुँदा घरमा सुरक्षित रुपमा बस्न पनि सबैमा अनुरोध गर्नुभयो

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु