Information is intelligence
HomeNewsनिषेधाज्ञा उल्लङ्घन गर्ने अधिकांश मोटरसाइकल

निषेधाज्ञा उल्लङ्घन गर्ने अधिकांश मोटरसाइकल

- Advertisement -spot_img

जिल्लामा निषेधाज्ञा जारी भएको आज दश दिन पुगेको छ । निषेधाज्ञा जारी भएसंगै यसको उल्लङ्घन गर्नेहरुलाई कारवाहि गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्लाका बिभिन्न स्थानमा निषेधाज्ञा अबज्ञा गरी सवारी चलाउने ३ हजार जनालाई कारवाहि गरीएको छ । कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउने क्रममा निषेधाज्ञाको अवज्ञा गर्दै हिड्नेहरुलाई कारवाहि गरेको हो । उहाँका अनुसार कारवाहिमा पर्नेमा ५० प्रतिशत मोटरसाइकल रहेका छन् । विभिन्न वहनामा वजार निस्कन खोज्ने उनीहरुलाई कारवाहि गरिएको हो । कारवाहि स्वरुप  १ सयदेखि ५ सयसम्म जरिवाना गरिएको छ । यस्तै विहान वेलुकाको समयमा पैदल हिड्ने ३० प्रतिशत हाराहारी रहेका छन् । अटेर गर्नेहरुबाट प्रहरीले रु ६ लाख २८ हजार राजस्व समेत अशुल गरेको जनाएको छ । उनले भने “विभिन्न वहना वनाएर निषेधाज्ञाको अवज्ञा गर्न निस्कने, सवारी चालक, पैदल यात्री र  साईकल यात्री सबैलाई कारवाही गरिएको छ ।” काम बिनानै निस्कनु रोगको जोखिम मोल्नुभएको भन्दै उहाँले निषेधाज्ञाको पालना सबैले गर्न जरुरी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले जिल्लाका बिभिन्न स्थानमा आकस्मिक चेकजाँच, नियमित चेकजाँच गर्दै आएको छ । स्थानीय प्रशासनले कोरोना सङ्क्रमण वढ्दै गए पछि गत साउन ३० गते मध्य रातबाट भरतपुर महानगरपालिका, साउन ३२ गते मध्यरातबाट माडी नगरपालिका वाहेकका स्थानीय तह र  यही भदौ पाँच गतेबाट जिल्ला भर निषेधाज्ञा जारी गरेको हो । दोस्रो चरणको निषेधाज्ञा जारी भईरहेको समयमा जिल्लामा कोरोना सङक्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । आजसम्म जिल्लामा ३ सय ४५ मा कोरोना सङक्रमण पुष्टि भएको छ । ती मध्ये तीन जनाको अकालमा मृत्यु भएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु