Information is intelligence
HomePolitics‘फ्रन्ट लाइन’मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व हो : महामन्त्री डा...

‘फ्रन्ट लाइन’मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व हो : महामन्त्री डा कोइराला

- Advertisement -spot_img

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्ट लाइन’मा बसी काम गर्ने स्वास्थ्य, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको दायित्व भएको बताउनुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत आइतबार नयाँ बानेश्वरस्थित स्वास्थ्यकर्मीको निवासमा भएको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै वर्तमानावस्थामा स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको बताउनुभएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोगविना कोरोना भाइरसविरुद्ध विजय प्राप्त गर्न असम्भव छ भन्ने सरकारलगायत  नागरिकले बुझ्नु जरुरी रहेको महामन्त्री डा कोइरालाले बताउनुभएको छ ।

कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल भर्ना गर्नसमेत सम्बन्धित मन्त्रालयको सिफारिस चाहिने कुरा हास्यास्पद भएको बताउँदै महामन्त्री डा कोइरालाले उक्त निर्णय तुरुन्त सच्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

उहाँले आत्मबल बलियो बनाई सामाजिक दूरी कायम गरेर नियमित सरसफाइ र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन सबैमा अनुरोध गर्नुभएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु