Information is intelligence
HomeFact-Checkधानबाली नष्ट समाचार निराधार

धानबाली नष्ट समाचार निराधार

- Advertisement -spot_img

गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनकाे सचिवालयले खण्डन गरेको छ ।  रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री  नेतृत्वको टोली रामारोशन गएको थियो ।  बुधबार यहाँ बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो ।
सोही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले  प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको  छ । गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राहत वितरणका क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार रहेको बताए । कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ  ।

‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजीकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’,  प्रेस नोटमा भनिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु