Information is intelligence
HomePoliticsउपत्यकामा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गरिने

उपत्यकामा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गरिने

- Advertisement -spot_img

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गर्ने भएको छ ।

उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा खानेपानी पाइप बिस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप बिस्तारको काम गरिरहेको छ ।

उहाँका अनुसार निर्देशनालयले पाइप बिस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप बिस्तार गरिएको हो । उनले भने, “निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।”

गत आवमा झण्डै सात किमी ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाईको ढल बिस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयको अभावमा वर्षेनी वर्षाको समयमा सडक पानीले भरिने गरेका छन् ।

उहाँका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थनमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उनले भने, “ढल निर्माणको काम मुख्य सडक र भित्रि सडक सबैतिर हुनेछ ।” लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु