Information is intelligence
HomeEconomyबीमा शुल्कमा छुट दिन समितिको निर्देशन

बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

- Advertisement -spot_img

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले लकडाउनको अवधिमा बन्द भएका उद्योगको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको छ । समितिले आज निर्जीबन बीमा कम्पनीलाई एक सर्कूलर मार्फत उक्त निर्देशन दिएको हो ।

समितिले ‘सम्पत्ति बीमा निर्देशिका २०७५’अनुसार बन्द अवस्थाका  कलकारखानाको बीमा दरलाई छुट दिन निर्देशन दिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार उक्त उक्त छुट दिन निर्देशन दिइएको हो । समितिले लकडाउनका कारण बन्द अवस्थाको जोखिमको लागि एक तिहाइ तथा जोमिख समूहको बीमा दर ५० प्रतिशत समानुपातिक रुपले छुट गर्ने व्यवस्था चालु आवको  बजेटमा नै रहेको स्मरण गराएको छ । समितिले चालु आवको बजेटमा भएको व्यवस्था पनि कार्यान्वयन गर्न आग्रह गरेको छ । समितिले त्यस्तो छुट ८३ दिनको लागि कायम हुने स्पष्ट पारेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु