Information is intelligence
HomeHealthकोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु

कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार शुरु

- Advertisement -spot_img

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना सङ्क्रमित बिरामीको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना विशेष आइसोलेसन कक्षमा भेन्टिलेटरमा रहनुभएकी रुपन्देहीकी एक ७० वर्षीया महिलालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको हो ।

पहिलो पटक चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी शुरु गरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।कोरोनाको औषधि तथा खोप पत्ता नलागिसकेको अवस्थामा सङ्क्रमितको स्वास्थ्यावस्थामा सुधार ल्याउन  प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको थापाले बताए।उहाँका अनुसार अहिले कोरोना अस्पतालको सघन उपचार कक्षमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ । ती मध्ये दुईजनाको अन्य स्वास्थ्य समस्या भएकाले भेन्टिलेटरको सहायतामा उपचार गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु