Information is intelligence
HomeNewsजोरपाटीको तरकारी बजारमा कोरोना संक्रमित देखीएपछि प्रशासनको सिल गर्ने तयारी

जोरपाटीको तरकारी बजारमा कोरोना संक्रमित देखीएपछि प्रशासनको सिल गर्ने तयारी

- Advertisement -spot_img

जोरपाटीको तरकारी बजारमा कोरोना संक्रमण देखीएको छ । तरकारी बजारमा पसल चलाउने एक महिलालाई  कोरोना पोजेटिभ देखिएपछी पूरा तरकारी बजार सिल गर्ने तयारी रहेको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षले दरबार टाईम्सलाई बताए।

स्थानियले प्रहरी र स्थानिय प्रशासनको सहयोगमा भोली अर्थात भाद्र ९ बाट तरकारी बजार क्षेत्रलाई सिल गरिनेछ । जोरपाटीमा तरकारी पसल चलाऊने उक्त महिला गर्भवती रहेको र सोही कारण  उन्लाई जोरपाटी मेडिकल कलेज लगिएको थियो । मेडिकल कलेजमा उपचार पुर्व PCR परीक्षण गर्दा उनिमा कोरोना पोजेटिभ देखिएको हो।

“अहिले हामीले उक्त महिलाको परिवारको र तत्पस्चात कन्ट्याक्ट ट्रेसिङ्ग गर्दै उनले तरकारी पसल राख्ने स्थानका अन्य तरकारी पसलवालाहरुको पनि टेस्टिङ्ग गर्नेछौँ। टेस्टिङ्गको रिपोर्ट आउन ३ दिन जती समय लाग्नेछ र त्यसपछी मात्रै बजार पुन: सुचारु गर्ने सम्बन्धमा निर्णय हुनेछ”, वडा अध्यक्षले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु