Information is intelligence
HomePoliticsनौ सय बोट गाँजा फँडानी

नौ सय बोट गाँजा फँडानी

- Advertisement -spot_img

नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेंसीगाउँ र दारेगौँडाका चार रोपनी जग्गामा फैलिएको गाँजा नुवाकोट प्रहरीले आज फँडानी गरेको छ । जङ्गल तथा विभिन्न व्यक्तिको जग्गा र बारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजाको नौ सय बोट प्रहरीले आज फँडानी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

प्रनि फुयाँलका अनुसार कोभिड–१९ सङ्क्रमण जिल्लामा फैलिरहेका अवस्थामा मानिसले आफ्नो स्वास्थ्यलाई बढी ख्याल राख्नुपर्ने अहिलेको समय परिस्थितमा  गाँजा सेवन गरे भने स्वास्थ्यमा झनै ठूलो क्षति ब्यहोर्नुपर्ने भएकाले फँडानी गरिएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु