Information is intelligence
HomeNewsथप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि उपत्यकामा थप २३२

थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि उपत्यकामा थप २३२

- Advertisement -spot_img

काठमाडौँ- नेपालमा पछिल्लो २४ घन्टामा थप ८५५  जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङका क्रममा मंगलबार उक्त जानकारी गराएका हुन्।

त्यस्तै, काठमाडौँ उपत्यकामा थप २३२  जनामा कोरोना भाइरसको संक्रमण फेला परेको जानकारी पनि डा. गौतमले गराएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९९  , ललितपुरमा १९  र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको छ ।

त्यसैगरी पछिलो २४ घण्टामा ७  जना कोरोना संक्रमितको मृत्यु भएको छ भने अहिले सम्म १६४  जना ले ज्यान गुमाई सकेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु