Information is intelligence
HomeNewsशेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

शेर्पा सङ्घ युकेका अध्यक्षको कोरानाबाट निधन

- Advertisement -spot_img

शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट निधन भएको छ । भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए।

गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उहाँलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो । एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उहाँको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिकमा रहेका  शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थीए। उहाँका बुबाआमा भने नेपालमै हुनुहुन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु