Information is intelligence
HomeNewsघरवारविहिनको विवरण विपद् समितिमा पठाइने

घरवारविहिनको विवरण विपद् समितिमा पठाइने

- Advertisement -spot_img

व्यास नगरपालिकाले गत असार २९ र त्यसपछि परेको वर्षाका कारण आएको बाढीपहिरोले क्षति भएका घरहरुको विवरण जिल्ला विपद् समितिमा पठाउने भएको छ । बाढीपहिरोले घर क्षति भएकाहरुलाई सरकारले राहत दिने निर्णय गरेपछि नगरपालिकाले त्यस्ता घरहरुको विवरण विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले क्षति भएका घरहरुको विवरण वडाबाट सङ्कलन गरी विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार भदौ १४ गतेभित्र वडाहरुबाट क्षति भएका घरहरुको विवरण सङ्कलन गर्ने निर्णय गरिएको छ ।

बैठकले कोभिड–१९ को नियन्त्रण, उपचार एवं रोकथामका लागि हालसम्मको प्रगति विवरणउपर समीक्षा गर्नुका साथै क्वारेन्टिनको वैकल्पिक व्यवस्थाका लागि नगरपालिकाभित्रका सामुदायिक भवनलाई प्रयोग गर्ने निर्णय गरेको छ । साथै नगरसभाबाट पारित वडा र नगरस्तरीय योजना कार्यान्वयन गर्न कार्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कोभिड–१९ र लकडाउनका कारण नगरसभाले पारित गरेका विकास योजना प्रभावित भएका छन् ।

बैठकले व्यास–३ देउरालीनगरमा रहेको निर्माणाधीन बधस्थलको अधुरो कार्य सम्पन्न गर्न तत्काल प्रक्रिया अगाडि बढाउने, फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रमा रहेको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइई) गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु