Information is intelligence
HomePoliticsएक सङ्क्रमितबाट नौ जनामा सर्याे कोरोना

एक सङ्क्रमितबाट नौ जनामा सर्याे कोरोना

- Advertisement -spot_img

बागलुङ नगरपालिका­३ स्थित एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको  कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैजनाबाट समुदायका नौ जनामा कोरोना फैलिएपछि बागलुङ जिल्ला सदरमुकाममा उच्च सर्तकता अपनाइएको छ भने भदौ ३ गतेदेखि आजसम्मको निषेधाज्ञा यही भदौ १५ गतेसम्म लम्बाइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

सङ्क्रमित महिलाको सम्र्पकमा आएका २५ जनाभन्दा बढी रहेको सूचनापछि स्वाब सङ्कलन गरेर पिसीआर परीक्षण गर्दा शुरुमा परिवारका सदस्य र आफन्तसहित छ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको थियो भने त्यसको भोलिपल्ट छ जनाको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा एक जना र एक जनाको सम्पर्कमा आएकाको स्वाब परीक्षण गर्दा सोमबार पुनः दुई जना गरी एकै व्यक्तिबाट हालसम्म ९ जनामा कोरोना सरेको पाइएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङ नगरपालिका–३ स्थित हाडेपाखामा कुखुरापालक व्यवसायी गर्दै आएकी ती महिलाभन्दा अघि बानपा ­२ की होटल व्यावसायी महिलामा कोरोना देखिएको थियो ।उनकाे कन्ट्याक्ट ट्रेसिङबाट अन्य व्यक्तिमा सङ्क्रमण नदेखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म संक्रमितको सम्पर्कमा आएका १५१ जनाको स्वाब परीक्षण गर्दा हालसम्म बागलुङ नगरपालिकामा १० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख खनालले जानकारी दिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु