Information is intelligence
HomeInternationalभारतमा पत्रकारकाे हत्या

भारतमा पत्रकारकाे हत्या

- Advertisement -spot_img

भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो ।

पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्याको बारेमा अनुसनधान शुरु भएको पनि जानकारी दिएको छ । प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको बताएको छ ।

हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन् । उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेका बताएका छन् । बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु