Information is intelligence
HomeHealthसबै स्थानीय तहमा ५० बेडको आइसोलेसन निर्माण हुदै

सबै स्थानीय तहमा ५० बेडको आइसोलेसन निर्माण हुदै

- Advertisement -spot_img

जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण भइरहेका छन् । पालिकामा रहेको पायक पर्ने स्थानमा आइसोलेसन निर्माणको काम चलिरहेको छ । जिल्लाको हिमा गाउँपालिकामा ५० शय्याको आइसोलेसन निर्माण भएर सङ्क्रमित बसिसकेका छन् । त्यहाँ नेपाली सेनाको रेखेदेख रहने सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो ।
उनले भने,“पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हरेक स्थानीय तहमा आइसोलेसन निर्माण प्रक्रिया अघि बढेको छ ।” जिल्लामा लक्षण बिनाका सङ्क्रमित देखिएकाले पनि तत्काल गाउँपालिका स्तरका आइसोलेसनमा सङ्क्रमित राखेर निगरानी गरिने सहायक प्रजिअ देवकोटाले बताए।

स्वास्थ्य अवस्था सामान्य रहेकालाई मात्र गाउँपालिका स्तरका आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । लक्षण देखिएका तर स्वास्थ्य अवस्था असामान्य भएकालाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा ल्याइने र जिल्लाका सबै लक्षण बिनाका कोराना सङ्क्रमित भएकाले अवस्था सामान्य छ । कोरोना सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ कार्य धमाधम चलिरहेको छ ।

अहिले स्वास्थ्य कार्यालय र कर्णाली प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली स्वाब सङ्कलन गर्न गाउँमा खटिएका छन् । पालिकास्तरमा बस्ने आइसोलेसनमा कतै नेपाली सेना, कतै प्रहरी र कतै सशस्त्र प्रहरीले रेखदेखको जिम्मेवारी लिएको प्रशासनले जनाएको छ ।

सबै पालिका र शङ्कास्पद ठाँउमा स्वाब सङ्कलन भएर परीक्षण भइसकेपछि निषेधाज्ञा खोल्ने या नखोल्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । सहजै रुपमा चिकित्सक पुग्न सक्ने, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसावले अनुकूल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु