Information is intelligence
HomeNewsनौ फरार प्रतिवादी पक्राउ

नौ फरार प्रतिवादी पक्राउ

- Advertisement -spot_img

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्ला प्रहरी कार्यालयको सहयोगमा नौ फरार अपराधी पक्राउ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत निर्देशनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले लिखित बेइज्जतीमा  रु तीन हजार जरिवानासहित एक र  जिल्ला प्रहरी कार्यालय कालीकोटबाट चौपाया चोरी मुद्दाका एक जनालाई रु ६४ हजारसहित पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिए।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा जबर्जस्ती करणी र लुटपिट मुद्दाका  एकएक र हातहतियार खरखजाना मुद्दाका दुई जना पक्राउ गरी सम्बन्धित अदालतमा बुझाइएको प्रहरी बरिष्ठ उपरीक्षक बाँस्तोलाले बताए।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय मुगुले अभद्र व्यवहार मुद्दाका दुई जनालाई पक्राउ गरी अदालतमा बुझाएको छ । यो अभियान निरन्तर अघि बढिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु