Information is intelligence
HomePoliticsगौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा, चार लाखको बिगो

गौतमबुद्ध विमानस्थलका कार्यालय सहयोगीविरूद्ध भ्रष्टाचार मुद्दा, चार लाखको बिगो

- Advertisement -spot_img

रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोग विश्वनाथप्रसाद लोध र महेन्द्रप्रसाद यादवविरूद्ध चार लाख बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुबैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनमा घुस लेनदेन भएको सप्रमाण अख्तियारले उनीहरूलाई पक्राउ गरेको थियो। यादवलाई घुस दिने मतियार भएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका दुवैमाथि अनुसन्धान हुँदा घुस लिएको कसुर स्थापित भएको अख्तियारले जनाएको छ।

यस्तै, गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सव-इन्जिनियर कोशोरकुमार मोक्तानविरूद्ध १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी अख्तियारदे मुद्दा दायर गरेको छ। निर्माणाधीन आयोजनाको बिल भुक्तानी गर्दा सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू रंगेहात पक्राउ परेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु