Information is intelligence
HomeFact-Check(Fact-Check) कुलमानलाई निरन्तरता, पुन: नियुक्तिको अहिले सम्मको तथ्य

(Fact-Check) कुलमानलाई निरन्तरता, पुन: नियुक्तिको अहिले सम्मको तथ्य

- Advertisement -spot_img

कुलमानलाई निरन्तरता, पुनर्नियुक्तीको विषयमा अहिले सामाजिक सन्जाल तथा विभिन्न अन्लाइनका भ्रामक हेडलाइनहरुलाई आधार बनाइ भ्रमहरु फैलाई रहेको देखिन्छ।

विवादित तथा बहु चर्चित कुलमान घिसिङको कार्यकाल सकिने, र पुनर्नियुक्ती हुने वा नहुने ? लगायत विषयमा चर्चा भईरहेको अवस्था छ । तर अहिले फैलिएको पुनर्नियुक्ती भईसकेको भन्ने खबर भने निराधार र गलत हो।

उर्जा मन्त्री वर्षमान पुनका अनुसार अहिलेसम्म कुल्मान घिसिङको पुनर्नियुक्ती सम्बन्धमा कुनै पनि आवेदन प्रकृया अगाडि सरेको छैन। तर सामाजिक सन्जालमा भने स्वत:  पुनर्नियुक्ती भएकोले धन्यवाद तथा सरकार प्रती आभार प्रकट गर्ने सम्मका कार्य हरु भईरहेका छन्।

जनतालाई भ्रमित गर्नेहरु देखी सावधान!, यस विषयमा थप जानकारी आएपश्चात आधिकारिक माध्यमबाट तथ्यजाँच गरी यहाँहरुलाई जानकारी गराउने छौं ।

केही भ्रामक पोस्टहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु