Information is intelligence
HomeNewsडोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

डोकेबजारसहित आसपासको क्षेत्र पूर्णरूपमा बन्द

- Advertisement -spot_img

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ स्थित डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना जारी गर्दै गए राति १२ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि डोकेबजार क्षेत्र पूर्णरूपमा बन्द गरेको हो ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम, नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि डोकेबजार तथा आसपासको क्षेत्र पूर्णरूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। बन्दको अवज्ञा गरेको पाइए सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानूनबमोजिम कारवाही हुने उहाँले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु