Information is intelligence
HomeTourismवर्षदिनमा पर्यटन मन्त्रालयको प्रगति कति ?

वर्षदिनमा पर्यटन मन्त्रालयको प्रगति कति ?

- Advertisement -spot_img

मन्त्रालयले आव २०७६/०७७ संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा केही महत्वपूर्ण कार्य गरेको छ । नीतिगत सुधार र सुशासन प्रवद्र्धनमा गहन कार्य भएका छन् । अन्तरनिकाय संस्कृति संरक्षण तथा प्रवद्र्धन, पर्यटकीय पूर्वाधार निर्माण, सम्पदा पुर्ननिर्माणको काम भएको छ । भर्चुअल बैठकमार्फत वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले सबैभन्दा बढी पूँजीगत खर्च तथा वित्तीय र भौतिक प्रगति हुनुपर्ने समयमा प्रतिकूल परिस्थिति सिर्जना भएकाले अपेक्षित प्रगति हुन नसकेको बताए।

“कोभिड–१९ महामारीका कारण पुस÷माघ महिनादेखि असार÷साउन महिनासम्म धेरै काम हुन पाएन, त्यसैले मन्त्रालयको वार्षिक प्रगति विवरणमा यो वर्ष मन्त्रालयको पूँजीगत खर्च ६४ प्रतिशत र वित्तीय खर्च ५४ प्रतिशत गरी समग्रमा झण्डै ६० प्रतिशत मात्र प्रगति भएको छ । चालु खर्चमा ८० प्रतिशत प्रगति भएको छ”, मन्त्री भट्टराईले भने ।

मन्त्रालयले नीतिगततर्फ हवाई सेवा प्राधिकरण विधेयक, २०७७ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७७ सङ्घीय संसद्मा पेश भई छलफलको क्रममा रहेको छ । हवाई नीतिको मस्यौदा बनेको छ ।

मन्त्रालयको आव २०७५/०७६ मा कूल बजेट रु ३३ अर्ब १३ करोड ३७ लाख रहेको थियो । आव २०७६/०७७ मा रु २१ अर्ब २१ करोड ६९ लाख कूल बजेट रहेको छ । आव २०७५/०७६ मा ८१ प्रतिशत रहेको औसत खर्च २०७६/०७७ भने ४९ प्रतिशत मात्र रहेको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय व्यवस्थापनतर्फ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो रकम विनियोजन भई खर्च हुन नसक्नु तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रकम भुत्तानी हुन नसक्नुले वित्तीय व्यवस्थातर्फ कम खर्च हुन गई समग्र बजेट खर्च।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु