Information is intelligence
HomePoliticsमहिला सङ्घका संस्थापक सभापति सिंहको २४ औं स्मृति दिवस मनाइँदै

महिला सङ्घका संस्थापक सभापति सिंहको २४ औं स्मृति दिवस मनाइँदै

- Advertisement -spot_img

नेपाल महिला सङ्घकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली काँग्रेस र उसका भातृ संस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको पार्टी कार्यालयले जनाएको छ ।

संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्याएको योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ । काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए।

अघिल्ला वर्षहरुमा काँग्रेसले काठमाडौंको टेकुस्थित सिंहको शालिक रहेको स्थानमा औपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउने गरेको थियो । लौहपुरूष गणेशमान सिंहकी धर्मपत्नीसमेत रहनु भएकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ । महिलाको हक, हित र अधिकारका लागि सङ्घर्ष गर्नुभएकी उहाँको २०५३ साल भदौ १० गते निधन भएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु