Information is intelligence
HomeNewsचट्याङले भेडा मर्दा रु.२६ लाखको क्षति

चट्याङले भेडा मर्दा रु.२६ लाखको क्षति

- Advertisement -spot_img

जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर भेडा मर्दा २६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २१७ भेडा मरेका छन् । भेडा मर्दा रु. २६ लाख चार हजार मूल्य बराबरको क्षति पुगेको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए । “पातारासी गाउँपालिकाकास्थित डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज कृष्णबहादुर शाह र पशु तथा भेटेनरी शाखा प्राविधिक हरि कामी नेतृत्वमा मङ्गलबार ढाँणखर्क पुगेर ल्याएको विवरण अनुसार ११ जना भेडापालक किसानका २१७ भेडा मरेका छन्”, उनले भने , “थप मूल्याङ्कन पनि हुँदैछ ।”

भेटनरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने जानकारी दिए। गत वर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका—६ सूँडी गाउँका २५० भेडा मरेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु