Information is intelligence
HomeNewsसुनकाे भाउ फेरि बढ्याे

सुनकाे भाउ फेरि बढ्याे

- Advertisement -spot_img

पछिल्लो केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार भने बढेको छ ।आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा आएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३ सय रुपैयाँ रहेको थियो । चाँदीको भाउ भने प्रतितोला १३ सय १० रुपैयाँ थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु