Information is intelligence
HomeNewsबाढीमा फसेकी महिलाकाे उद्दार

बाढीमा फसेकी महिलाकाे उद्दार

- Advertisement -spot_img

कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मछेली नदीमा आएको बाढीमा फसेका एक महिलालाई उद्धार गरिएको छ ।

कृष्णपुर नगरपालिका —२ गुलरीयाका ५० वर्षीया मनुदेवी सार्कीलाई उद्धार गरिएको हो । गएराति परेको अविरल वर्षाका कारण सो नदीमा आएको बाढीमा फसेका सार्कीको विपद् व्यवस्थापन टोली कञ्चनपुर तथा इलाका प्रहरी कार्यालय झलारी र गुलरीयाको संयुक्त पहलमा ती महिलालाई उद्धार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ध्रमेन्द्र रावलले बताए।

बुधबार बेलुका ६ बजे नदीमा थुनिएकी ती महिलालाई सकुशल उद्धार गरिएको उनले बताए । वैलकुण्डी शिविरका ती महिला घाँस काट्न गएका वेला मछेली नदीको भंगालोमा फसेकी थिइन ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु