Information is intelligence
HomeEconomyप्रदेश नं ५ मा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क

प्रदेश नं ५ मा लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क

- Advertisement -spot_img

प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको  बैठकले आर्थिक वर्ष २०७७/७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छुट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न तथा प्रदेशस्तरीय एकीकृत प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी मस्यौदा गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । बैठकले आन्तरिक मामिला तथा कानूून मन्त्रालय, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग र  प्रदेश पूर्वाधार विकास प्राधिकरणको सङ्गठन संरचना तथा अस्थायी दरबन्दीका लागि स्वीकृति प्रदान गरेको छ ।

सल्लाहकार केसीका अनुसार मन्त्रिपरिषद्को बैठकले कानूून मस्यौदा कार्यदलको म्याद गत साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म छ महिना थप गर्ने पनि निर्णय गरेको छ । कार्यदलका संयोजकमा मुख्य न्यायाधिवक्ता, आन्तरिक मामिला मन्त्रालयको कानूून महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहेका छन्। बैठकले प्रदेश विपद् व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु