Information is intelligence
HomeInternationalदर्शकले स्टेडियम गएर खेल हेर्न पाउने

दर्शकले स्टेडियम गएर खेल हेर्न पाउने

- Advertisement -spot_img

काठमाडौं- इंग्लिस फुटबल क्लबहरु ब्राइटन र चेल्सीबीच शनिबार एमेक्स स्टेडियममा हुने प्रिसिजन मैत्रीपूर्ण खेलमा समर्थकहरु जान पाउने भएका छन्। यस्तै वेस्ट ह्याम र आर्सनलको महिला टिमबीच हुने खेलमा पनि दर्शकलाई अनुमति दिइने भएको छ।

साथै हार्लिक्विन्स र बाथबीचको प्रिमियरसिप रग्बी युनियनको खेलमा पनि दर्शकहरुलाई अनुमति दिइने भएको बिबिसीले उल्लेख गरेको छ। टी २० ब्लास्ट क्रिकेटमा पनि केही समर्थकहरुलाई जान दिइने गरी तयारी भइरहेको समाचारमा उल्लेख छ।

कोरोना माहामारीका कारण दर्शकबिना चलिरहेको खेलहरुमा पहिलोपटक इंग्ल्याण्डमा दर्शकलाई अनुमति दिइन लागेको हो। डिजिटल, कल्चर, मिडिया एण्ड स्पोर्टस् विभागले दर्शकलाई अनुमति दिइने भए पनि खेल हुने स्थलमा दर्शक सीमित संख्यामा मात्र रहने जनाएको छ। जसमा ब्राइटन र चेल्सीबीचको खेलमा २५ सय समर्थक आउन दिइने जनाइएको छ।

‘आउने फुटबल सिजनमा दर्शकलाई राखेर नै खेल्न सकिन्छ या सकिँदैन भन्ने बारेमा पनि यसले सहयोग पुग्नेछ’ ब्राइटनका मुख्य कार्यकारी पोउल बार्बरले भनेका छन्।

हार्लिक्विन्स र बाथबीचको प्रिमियरसिप रग्बी युनियनको आउने महिना हुने खेलमा ४ हजार समर्थकलाई आउन दिइने गरी तयारी भइरहेको छ। यस्तै सेप्टेम्बर ९ देखि १२ सम्म हुने हर्स रेसमा पनि दर्शक आउन दिइने गरी तयारी भइरहेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अगस्ट १५ पछि अवस्था हेरेर केही दर्शकलाई खेल हेर्न दिइने गरी काम गर्न गएको महिना नै अनुमति दिएका थिए। उनले आउने अक्टोवरदेखि सामान्य रुपमा नै दर्शकहरुले खेल हेर्न सक्ने अवस्था बनाइने पनि बताएका छन्।

केही संख्यामा दर्शकलाई आउन दिने गरी तयारी गएको महिना नै भएको थियो। जहाँ सेफिल्डमा भएको वल्र्ड स्नुकर च्याम्पियनसिपमा दर्शकसमेत उपस्थित थिए। एजेन्सी

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु